नियम २३
वैकल्पिक उम्मेदवारको सिफारिस र नियुक्ति
वैकल्पिक उम्मेदवारहरूलाई पदपूर्ति समितिले देहायको अवस्थामा योग्यताक्रम अनुसार नियुक्तिका लागि सिफारिस गर्नेछः–
(क) नियुक्तिका लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना पाएको वा सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र नियुक्ति पत्र लिन नआएमा वा नियुक्ति लिई तोकिएको म्यादभित्र पदमा बहाली नगरेमा, वा
(ख) नियुक्तिका लागि सिफारिस गरिएको उम्मेदवारको मृत्यु भई वा निजले राजिनामा दिई वा अन्य पदमा नियुक्ति लिई अन्तिम नतिजा प्रकाशन गरेको मितिले एक वर्षभित्र पद रिक्त हुन आएमा ।